Logo

उद्योगीहरुविरुद्ध ६ अर्ब ६० करोडभन्दा बढीको बिगो माग दाबी



साउन १, काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ अहिले ५४ औ चुनाबी मैदानमा उत्रेको छ । नेपाली व्यवसायीहरु नयाँ नेतृत्व चयन गर्ने कार्यमा सकृय भएकै अबस्थामा सरकारी निकायले भने अर्बौंको विगो मागदाबी गर्दै व्यवसायीलाई विपक्ष बनाएर मुद्दा दायर गरेको छ ।

नेपालका अधिकाशं व्यवसायीहरु लकडाउनकै अबधिमा हुन लागेको महासंघको चुनाबमा सक्रिय भएकै अवस्थामा राजस्व अनुसन्धान विभागले भने कर छल्ने २४ कम्पनीमाथि बिगो माग दाबी सहित मुद्दा दायरा गरेको छ । विभागले हालसम्म कै ठूलो रकम बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागले एकैदिन मूल्य अभिवृद्धि कर, भन्सार र आयकर राजस्व चुहावट गरेका अभियोगमा कुल ६ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागको महानिर्देशक दीर्घराज मैनालीले बताएका छन् ।

विभागका अनुसार भन्सार छलि गरी ठूलो परिमाणमा माल समान भित्राउने कम्पनीहरुमाथि मुद्दा दायर गरिएको जनाएको छ । विभागले ८ सयभन्दा बढी फर्महरूले कर छलि गरेको जनाएको छ । तीमध्य पहिलो चरणमा ठूलो रकम बराबरको कर छलि गर्ने फर्मको अनुसन्धानलाई अघि बढाई कारबाहीकालागि २४ फर्महरुर्ला विपक्ष बनाई मुद्दा दायर गरेको महानिर्देशक मैनालीले बताएका छन् ।

राजस्व ठगी गर्ने चारवटा कम्पनीसँगमात्रै विभागले ३ अर्ब ८२ करोड रुपैयाँको बिगो माग दाबी गरेर मुद्दा दायरा गरेको छ । उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जनाएको छ । कम्पनीहरुले भन्सार छलीगरि मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याएर बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको विभागले जनाएको छ ।

उक्त कम्पनीहरुको कारोबारसम्बन्धी खाताहरु, नगदी रसिद, ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवम् प्राप्त सबुत प्रमाणहरुको छानबिनबाट वास्तविक कारोबार लुकाएर कर छलेको भेटिएको विभागको रेकर्डमा उल्लेख छ । यसैगरी, कवाडी व्यवसाय संचालन गर्दै आएको माँ बैष्णो ट्रेड कन्सर्नसहित १६ कम्पनीविरुद्ध २ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायरा गरिएको छ ।

नक्कली भ्याट बिल मार्फत खरिद–बिक्रीगरि कर छलि गर्दै आएका २२ जना व्यवसायीलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ । जयमातादी इन्टरप्राइजेज सहितका अन्य चार कम्पनीले करछली गरेको अभियोगमा ७१ करोड ५४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्