Logo

भोलि नेकपा स्थायी कमिटी बैठक स्थगित नहुने, केन्द्रीय कमिटी भदौमा डाक्ने प्रचण्ड पक्षको तयारी



काठमाडौं, १ साउन । पटक पटक स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक भोलि हुने निश्चित भएको छ । आज प्रचण्ड पक्षधरले भेला गरी बैठद्वक अगाडि बढाउने टुंगो लगाएको हो ।

स्थायी कमिटी बैठक बसेर प्रस्ताव तयार गर्ने र केन्द्रीय कमिटीबारे टुंगो लगाउने निष्कर्ष निकालिएको बुझिएको छ । केन्द्रीय कमिटीबाट ओलीको राजीनामा बारे समेत टुग्याइने गरी तयारी भएको हो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नमानेपछि प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायत पार्टीबाट आधिकारिक निर्णय गरी अगाडि बढ्ने निष्कर्षमा पुगेका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्