काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको बैद्यता सकिने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले नेकपाको स्टेकहोल्डर ओली र दाहाल भएकोले दुईमध्ये एक निकालिनु वा निक्लिनुले पार्टीको बैद्यता नै समाप्त हुने बताएका हुन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेलामा बाँस्कोटाको यस्तो टिप्प्णी आएको छ । उनले लेखेका छन्,’स्टेकहाेल्डर काे हुन?एमालेका ओली र माओवादीका पुष्पकमल हुन।जसमध्ये एक निकालिए वा निक्लए भने नेकपाकाे बैधता त्यसैपलदेखि सकिन्छ।किनभने दुबै अध्यक्ष थिए र छन।’ file photo