Logo

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी पक्राउ



काठमाडौँ, २ साउन । नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्रीसमेत गरी आफूले आर्थिक लाभसमेत लिई नेपाल टेलिकमलाई हानी नोक्सानी पुयाई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुयाएको भन्दै अनुसन्धानको लागि नेपाल टेलिकमको अनुरोध गरेसँगै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा ह्याकरले अन्ट्रासिवल प्रविधिको प्रयोग गरी अनधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिई प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेको जिल्ला धनकुटा, पाख्रिबास न।पा–५ स्थायी वतन भई हाल जिल्ला धनकुटा, धनकुटा न।पा। ४ बस्ने, सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत वर्ष २८ को दिवाकर देउजालाई असार ३१ गते जिल्ला धनकुटाबाट पक्राउ गरेर विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनको लागि बिहीबार नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको सीआइबीले जनाएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्