Logo

प्याब्सन र एन प्याब्सनको चेतावनीः अनलाईन कक्षा बन्द नगर्ने विद्यालयलाई व्यवसायीक वहिष्कार



काठमाडौं, १ साउन । दुई निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सलने देशभरका करिब दुई दर्जन गुठी, सहकारी र विभागीय विद्यालयलाई पत्र पठाएर अनलाईन कक्षा बन्द गर्ने विषयमा ऐक्यवद्धता जनाउन पत्राचार गरेको छ ।

दुई संगठनले बिहीबार ती विद्यालयलाई पत्राचार गरी दुई संगठनले गरेको अपिललाई अटेर गरे व्यवसायीक वहिष्कार गर्ने चेतावनी दिएको छ । हामीले सरकारविरुद्ध कुनै किसिमको आन्दोलन गरेका होइनौ, आर्थिक रुपमा चरम संकट परेपछि सबै प्रकारका विद्यालयलाई ऐक्यवद्धता जाहेर गर्न आग्रह गरेका हौ–प्याब्सन सह अध्यक्ष डिके ढुंगानाले भन्नुभयो ।

उहाका अनुसार जावलाखेलको सेन्ट जेभियर्स,सेन्ट मेरिज, बुढानिलकण्ठ, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका विद्यालय , शैक्षिक गुठीबाट सञ्चालित सिद्धार्थ बनस्थली, एलआरआई, लगायतका विद्यालयलाई समेत पत्रचार गरेको खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्