Logo

अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकहरुको ३ दिने ‘अल्टिमेटम’



काठमाडौं, २ साउन । सरकारले आफ्ना माग पुरा नगरेको भन्दै नीजि बिद्यालयका शैक्षिक संगठनहरुले साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरेसंगै बिद्यालयका शिक्षकहरुले पुन सञ्चालनको माग गर्दै ३ दिने अल्टिमेटम दिएका छन् ।

साउन १ गते अर्थात् आज देखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय भएको थियो ।आफूहरुका माग पूरा नभए कडा संघर्षका कार्यक्रम गर्ने संस्थागत विद्यालय शिक्षक युनियनले जनाएको छ ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन प्याब्सन र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन एनप्याब्सनको अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको खबर आजको समाचारपत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्