Logo

१४ संक्रमित फेरि सोल्टीमै सरे



काठमाडौँ, २ साउन । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो ।

सोल्टी होटलकै क्वारेन्टाइनमा रहेका बेला असार २२ गते उनीहरूमा संक्रमण पुष्टि भएको थियो । सोल्टीकै आइसोलेसनमा पहिलो रात राखेर भोलिपल्ट सशस्त्रको अस्पतालमा सारिएको थियो । त्यहाँको सेवा–सुविधा चित्त नबुझाएका उनीहरूलाई मन्त्रालयले असार २४ गते ह्याम्स अस्पतालमा सर्न अनुमति दियो । ह्याम्समा महँगो भएको गुनासो गरेपछि आइतबार पुनः सोल्टीमै सर्न अनुमति दिइएको हो ।

उनीहरूलाई के आधारमा सोल्टी होटलमा सार्न मन्त्रालयले अनुमति दियो भन्नेबारे खुलाइएको छैन । निगमको विमान उडाएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने चालकसहितका कर्मचारीलाई भने सोल्टी होटलकै क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्