Logo

पशुपति मन्दिर साउन महिनामा पनि बन्द रहने



काठमाडौँ २ साउन : पशुपति मन्दिर साउन महिनाको पहिलो सोमबार पनि नखुल्ने जनाइएको छ । सरकारले जारी गरेको लकडाउन बुधबार ७ गतेसम्म कायमै रहेकोले दर्शनका लागि पशुपति मन्दिर खुला नरहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको पहिलो सोमबार लकडाउन भित्र परेकाले मन्दिर नखोल्ने जनाइएको छ । साउनको पहिलो सोमबार लकडाउन भित्रै पर्छ अर्काे सोमबार खुल्ने नखुल्ने विषयमा सरकारको निर्णयको प्रतीक्षामा रहेको कोषका सदस्य सचिब डा. प्रदीप ढकालले जनाएका छन्  ।

हिन्दुहरुका लागि साउन महिनाको सोमबारलाई विशेष रुपमा लिइन्छ । साउन महिनाको प्रत्येक सोमबार पशुपति लगायत देशभरको शिवालयहरुमा भिड लाग्ने गर्दछन् ।-Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्