Logo

अब शिवम् सिमेन्ट मोबाइल एपबाटै खरिद गर्न पाइने



काठमाडौं, २ साउन । शिवम् सिमेन्ट्सले कोरोनाको विषम परिस्थितीमा ग्राहकहरुलाई सिमेन्ट बिक्री गर्नका लागि ‘शिवम् मोवाईल एप’ सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सजिलै सुपथ मूल्यमा आफूलाई आवश्यक परिमाणको सिमेन्ट खरिद गर्न सकिने छ ।

भुक्तानीको लागि खल्ती, इसेवा, कनेक्ट आईपिएस वा क्यास अन डेलिभरीको सुविधा उपलव्ध गराएको छ । पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ । कोरोना भाइरसले निम्त्याएको विषम् परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाउन् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो ।

आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा ‘शिवम् मोबाइल एप’ डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो । यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एपभित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरुलाई सुनिश्चित हुन सहज हुने छ ।



प्रतिक्रिया दिनुहोस्