Logo

सुनको मुल्य घट्यो, प्रतितोला ९२ हजार



काठमाडौ, २ साउन । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बुधवार ९२ हजार ८ सय रुपैयाँ पुगेको सुनको मुल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुन आज घटेर ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधवार १ हजार ५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्