Logo

कोरोना महामारी रहुन्जेल अन्तरबैंक एटीएम निःशुल्क



काठमाडौँ, २ साउन : कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्डलाई अर्को बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।आज (शुक्रवार) चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

लकडाउन शुरु भए लगत्तै बैंकहरुले अन्तरबैंक एटीएम निःशुल्क गरेका थिए । तर, साउन १ गतेदेखि उक्त व्यवस्थालाई बैंकहरुले रद्ध गरेको थियो । उक्त व्यवस्थालाई राष्ट्र बैंकले आवस्यक रहेको बताउदै पुनः निशुल्क गर्न निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्