Logo

मृत्यु संस्कारको लागि सवारी पास दुरुपयोग गरी सवारी चलाउने पक्राउ



काठमाडौं, २ साउन । मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने प्रेम प्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक मकवानपुर हेटौंडाका घिमिरे पक्राउ परेका हुन् ।

सवारी जाँच गर्ने क्रममा घिमिरेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारको लागि काठमाडौं आउने प्रयोजनार्थ जारी गरेको म्याद सकिएको सवारी पास लिई ६ जना यात्रुहरू राखी चित्लाङ–काठमाडौं शाखा सडक प्रयोग गरी काठमाडौं प्रबेश गर्दै गरेको अवस्थामा थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त गाडीमा सवार यात्रुहरूलाई आवश्यक व्यवस्थापनको लागि सामाखुशीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा पठाउनुका साथै चालक घिमिरेमाथी मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको उक्त वृत्तले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्