सिरहा, २ साउन । जबरजस्ती करणी गरेको अभियोगमा राजेश राउत बिहीबार बिहान पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा प्रेमनगरका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेका राउतलाई प्रहरी चौकी भेडिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।