Logo

सीमासम्बन्धी विषय पुस्तकमा लिपिबद्ध हुँदैछ : मन्त्री अर्याल



काठमाडौं, २ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भू-भाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छन् । आज शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक बिमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिएकी हुन् ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विष्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिईन् । मन्त्री अर्यालले भनिन्–’कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ ।’ मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै अर्यालले एकपछी अर्को गर्दै बिगतमा भन्दा सिर्जनशील, प्रगतिशिल र मौलिक ढंगले अगाडी बढ्ने प्रयत्नमा रहेको बताईन् ।

केही नयाँपना दिनका निम्ती मन्त्रालयको टिमले संकल्प गरेको भन्दै मन्त्री अर्यालले नयाँ छबी दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको छ ।राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताईन् ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ साल यता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारबाही समेटिएको पुस्तक मन्त्री अर्यालले बिमोचन गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्