Logo

ऐश्वर्या राय अस्पताल भर्ना



एजेन्सी, ३ साउन । बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना भएकी छिन् । कोरोना भाइरसको संक्रमणपछि घरमै आइशोलेशनमा रहेकी पूर्व विश्व सुन्दरी राय छोरी आराध्यासहित अस्पताल भर्ना भएको एएनआईले जनाएको छ ।

ऐश्वर्या र छोरी आराध्यालाई गत हप्ता कोभिड १९ देखिएको थियो । दुबैजना मुम्बईको नानाभाती अस्पतालमा भर्ना भएका हुन् ।

यसअघि उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन पनि कोरोना संक्रमणपछि सोही अस्पताल भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्