काठमाडौं, साउन ३ । खुमलटारको प्रिमियर स्कुलको ज्यादतीको विषयमा समाचार प्रकाशित भईरहदा विद्यालयले अभिभावकलाई पटक पटक टेलिफोन गरी दुःख दिइरहेको छ । उनीहरुले कक्षागत अभिभावक प्रतिनिधि (पिआर) मार्फत यस्ता म्यासेज पठाइरहेका छन् ।
स्कुलले फरक कक्षाका फरक पिआरले भाषा एउटै प्रयोग गरी फरक रकम उल्लेख गरेर म्यासेज पठाएका छन् ।
ठुला विद्यालयको ज्यादत्तीको कारण प्याब्सन र एन प्याब्सन आबद्ध विद्यालयले आफ्नो अभिभावकसंग वार्षिक शुल्कको कुरा त परै जाओस मासिक शुल्क समेत लिन सकेको छैनन । यस्तो अवस्थामा प्रिमियरले लगातार दबाब दिएपछि अभिभावक हैरान भएका छन् ।
ठुला विद्यालयले मनपरी शुल्क असुल्ने तर अधिकांस विद्यालयले मासिक शुल्क समेत लिन नसक्ने अवस्थमा पुगेका छन् । सरकारले मासिक शुल्क लिने समेत अनुमति नदिएको आरोप लगाउदै चरम आर्थिक संकटमा परेका जनाउदै हिजो साउन १ हिजो बिहीबारदेखि दशैभरका निजी विद्यालयको अनलाईन कक्षा बन्द गरेका छन । शिक्षक र कर्मचारीलाई घरबिदा दिइएको छ ।
बन्दको फाइदा त अहिले मनपरी शुल्क उठाउन म्सेज र बील पठाएका र शुल्क उठाउन नपाएका ठुला विद्यालयलाई परेको छ । अभिभावकले शुल्क तिर्न नमानेपछि बन्द गर्न सल्लाह दिएका ती विद्यालयलसंग शुल्क लिए वा नलिएको विषयमा सम्पर्क गर्दा अधिकांसले भन्ने गरेका छन्– अहिले हामीले बिद्यालय बन्द गरेका छौ , कुरा नगर्न आग्रह गर्छौ भन्ने गरेका छन् ।
विषेशगरी प्रिमियर, युलेन्स, काठमाडौ वल्र्ड र रातो बंगला, जेम्स, पाठशाला लगायत दुई दर्जन विद्यालयको कारण मासिक शुल्क समेत उठाउन नसकेका करिब ६ हजार विद्यालय संकटमा परेको छ । पछिल्लो समय प्रिमियरको दबाबको कारण अधिकांस अभिभावकले आफ्ना छोराछोरी फिर्ता गर्ने सम्मका अप्रिय निर्णय गर्ने तयारीमा छन् ।
छोराछोरीलाई विद्यालयले टर्चर दिन्छन भन्ने डरले मिडियामा नबोली विद्यालयको पछिल्लो गतिविधिको विरोध गरीरहेका अभिभावकले प्रिमियरले पठाएको शुल्क नतिर्ने पुरानो अडान दोहो र्याएका छन् । उनीहरुको पछिल्लो अडान त पैसा तिर्न पर्छ भन्ने कुरा सोच्नै छाड्यौ । यस्तो अवस्थामा मनपरी शुल्क मागेपछि कसरी तिर्ने?–सबै अभिभावकको एउटैभनाई छ ।
अधकांस अभिभावकले स्कुलको यस्तो ब्यवहार देखेर दुःख ब्यक्त गरेका छन् । केही अभिभावकले पिआरमार्फत पठाएको शुल्क सहितको म्यासेजको जवाफ दिदै सामाजिक सञ्जालमा लेखेका छन्– ‘लक डाउनको अवधिमा स्कुल सञ्चालन नभएको बेला बैशाख, जेठ र असारसम्मको शुल्क सहिच भनि झण्डै २ लाख रुपिया असुल्न कोसिस गरिरहेका छन् ।नेपाल समाचारपत्र दैनिकबाट