Logo

नेकपालाई कमल थापाको सुझाव : ‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन्’



काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद नीति, पद्धती र प्रणालीबारे नभई नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको टिप्पणी गरेका छन् । थापाले नेकपाको अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट नहुनेपनि जिकिर गरेका छन् । उनले सके १२ बुँदे सम्झौतापछिको मार्गभित्र परिवर्तन गर्ने आँट गर्नसमेत नेकपाका नेताहरुलाई सुझाव दिएका छन् ।

उनले यदि १२बुँदे सम्झौतापछिको मागचित्र परिवर्तन गर्ने आँट नभए जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नपनि सुझाव दिएका छन् । थापाले शनिबार विहानै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्,’सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस्।होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस् ।’



प्रतिक्रिया दिनुहोस्