Logo

दर्शनार्थीका लागि पशुपति मन्दिर साउन ७ पछि खुल्ने



काठमाडौँ, ३ साउन । पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म कायम रहने छ। लकडाउन सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी सरकारले जारी गरेको निर्देशन पालना गर्दै मन्दिर खुला गर्ने व्यवस्था भईरहेको जनाइएको छ । महादेवको अतिप्रिय महिना मानिएको श्रावनमा दर्शन गर्ने केहि दर्शनार्थीहरु सो क्षेत्रमा आइरहेको र मन्दिर परिसर भित्र प्रवेश गर्न खोजेका छन् । त्यसलाई मध्येनजर गरी कोषले खोल्ने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्