Logo

पीसीआर परीक्षण गर्न माग गर्दै आइसोलेसनमै भोक हडताल



सुर्खेत, ४ साउन । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्।

आन्दोलनको पहिलो चरणमा उनीहरुले शुक्रबार भोक हडताल गरे। पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले शुक्रबार दिनभर खाना नखाएर भोक हडताल गरेका हुन्। भोक हडतालको क्रममा उनीहरुले व्यवस्थापन पक्षले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै फालिदिएका थिए। सरकारले सार्वजनिक गरेको कोरोना भाइरस ९कोभिड–१९० को नयाँ निर्देशिकामा कोरोना संक्रमित आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएमा पुनस् पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था छ। उनीहरुले पुनस् पीसीआर परीक्षणबिना घर पठाउन नपाइने भन्दै विरोध जनाएका छन्।

‘बरु महिनौं दिन आइसोलसेनमै बस्छौं। पुनस् परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आयो भने आइसोलेसनमै ढुक्कसँग बस्न तयार छौं तर यसै घर जादैनौं’, एक संक्रमितले भने, ‘१४ दिन आइसोलेसन बसेकै भरमा कोरोनाको लक्षण छैन भन्दै घर पठाउन मिल्दैन। हामीलाई परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिन्छ।’

सिटी बसपार्क स्थित निर्माण गरिएको आइसोलेसनमा सुर्खेतका २७ जना कोरोना संक्रमितलाई राखिएको छ। जसमा तीन जना महिला र २४ जना पुरुष छन्। उनीहरु मध्ये तीन जना आइसोलेसनमा बसेको १४ दिन पुगिसकेको छ। भने बाँकी अधिकांश व्यक्ति आइसोलेसनमा बसेको आठ दिनदेखि १२ दिन अवधि पुगेको छ। तर उनीहरु सबैले पीसीआर परीक्षणबिना घर नजाने दावी गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्