Logo

अधिकांश महिला संक्रमित कुवेतबाट फर्किएका



बिर्तामोड, ४ साउन । झापामा कोभिड–१९ संक्रमण पुष्टि भएका अधिकांश महिला कुवेतबाट फर्किएकाहरु रहेका छन् । स्वास्थ्य कार्यालयकाअनुसार शनिबारसम्म जिल्लामा ४३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २५ जना महिला कुवेतबाट फर्किएका हुन् ।

अन्य भारतबाट फर्किएका कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ३९ जना उपचारपछि घर फर्किसकेका छन् । ४ जनाको धरान र विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

चम्लागाईकाअनुसार मेचीनगर नगरपालिकाका ९, हल्दिबारी गाउँपालिकाका ६, बुद्धशान्ति गाउँपालिकाका ५, अर्जुनधारा, गौरादह र कनकाई नगरपालिकाका ४र४, दमक नगरपालिकाका ३, भद्रपुर नगरपालिकाका २, बिर्तामोड र शिवसताक्षी नगरपालिकाका १र१ लगायतका महिलामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा गत जेठ २८ गते पहिलो पटक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । गौरादह नगरपालिका ९ बैगुनधुराकी २२ वर्षीया महिलामा संक्रमण पुष्टि हुँदा जिल्लामा कुल संक्रमितको संख्या १ सय ५३ रहेको थियो । जिल्लामा भारतबाहेक तेस्रो मुलुकबाट १ हजार ५ सय २८ जना फर्किएका छन् । उनीहरुमध्ये १ हजार १ सय ७७ जना पुरुष, ३ सय ४३ जना महिला र ८ जना बालबालिका रहेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए ।  शनिबारसम्म जिल्लामा कुल संक्रमितको संख्या ३ सय १२ पुगेको खबर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्