Logo

ज्यान मार्ने उद्योगमा खरिदार पक्राउ



मुगु, ४ साउन । सोरु गाउँपालिकाका खरिदार स्टोर किपर ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले गाउँपालिकाबाटै पक्राउ गरेको हो । गाउँपालिकाबाट सरुवा भइ गएका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सिंहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए ।

गत असोज महिनामा सोरुस्थित सिपगाउँका केही व्यक्तिले आक्रमण गरी सख्त घाइते बनाएपछि उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका हुन् । अदालतको आदेशअनुसार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार सिंहलाई आइतबार अदालतमा बुझाउने समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्