Logo

सुनको मूल्यमा वृद्धि



काठमाडौँ ४ साउन : आइबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यसैगरी आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। आइतबार चाँदी मूल्य प्रतितोला एक जार ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।-File photo



प्रतिक्रिया दिनुहोस्