काठमाडौं, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तिमा बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिइएको छ ।