Logo

प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ



काठमाडौं, ४ साउन । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं खरिबोटस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा कुमार रोक्का लगायत २ जना गएराति पक्राउ परेका हुन् ।

उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो–हल्ला गर्दै मानिसहरु हिँडेको जानकारी पाए लगत्तै खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात समेत गरेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्