Logo

जर्बजस्ती करणी गर्नेहरु पक्राउ



काठमाडौं, ४ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष शनिबार पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी घर भएका हाल काठमाडौं बस्ने जय राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले ती बालिकालाई नागर्जुनमा आफ्नो साथीको डेरा कोठामा लगि बिहे गर्छु भनि ललाई फकाई शुक्रबार राति जबरजस्ती करणी गरेको सुचनाको आधारमा ललितपुर सातदोबाटोबाट उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै ओखलढुङगाका २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङका पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ फागुन २२ गते राति पुजनले ती महिलालाई डर घम्की देखाई जबरजस्ती करणी गरेका पुजनलाई हर्कपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी गुल्मीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका अर्खाबाङका यम भन्न झैनसिंह घर्ती मगर पक्राउ परेका छन् । २०७७ असार १८ गते ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेका मगरलाई अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

पाँचथरमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका दिपक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकालाई घरमा एक्लै भएको अवस्थामा कोठामा प्रवेश गरी जबरजस्ती करणी गरी फरार रहेका राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्