Logo

कुटपिट पछि हत्या गरी छिमेकीको घरमा छाडीदिने २ जना पक्राउ



स्याङजा, ४ साउन । कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चापाकोट कमेरेका कुल बहादुर सार्कीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा अन्तिल ज्ञामी र पूर्ण वहादुर खड्का रहेका छन् । उनीहरुले सार्कीलाई कुटपिट गरी सोही ठाउँका चन्द्र वहादुर सोतीको खाली घरमा लगि छाडेकोमा शनिबार स्थानीयहरुले मृत अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्