Logo

पहिरोमा बेपत्ता आमा छोरी मृत फेला



दार्चुला, ५ साउन । दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् । उनिहरु गएराति परेको पहिरोमा पुरिएर बेपत्ता भएका हुन ।

दार्चुलाको नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्नाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरोले घर पुरिएर सोही क्षेत्रमा केही घाइतेसमेत भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनुभएको छ । रेडियो एन आर एन बाट



प्रतिक्रिया दिनुहोस्