Logo

‘जे एण्ड ए मोटरसाइकल वर्कशप’ ले घर-दैलोमै सुविधा दिने



काठमाडौं, ५ साउन । काठमाडौं टोखा नगरपालिका वडा नं ८, सयपत्रीनगरमा ‘जे एण्ड ए मोटरसाइकल वर्कशप’ ले ग्राहकलाई सहज र शुलभ रूपमा मोटरसाइकल खरीद, बिक्री गर्न सकिने सुविधा आजदेखि सुरु गरेको छ । खरीद–बिक्रीका साथ साथै मोटरसाइकलका पार्टपूर्जा र मर्मतको सुविधा पनि वर्कशर्पले थालनी गरेको छ ।

“यस सुविधा हाललाई टोखा नगरपालिकाभित्र सिमित गरिएको भएतापनि आगामी दिनमा उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सेवा सञ्चालन गर्दैछौँ” वर्कशपका सञ्चालक ज्योति कुतालले जानकारी दिए । हाल १० जना कर्मचारीलाई रोजगार दिन सफल रहेको वर्कशपले आफ्नो सेवा क्षेत्रलाई भविष्यमा बढाउने लक्ष्य लिएको पनि उनले जनाए ।

उक्त कम्पनीले घरदैलोमै सुविधा प्रदान गर्ने पनि कुतालले जनाए । विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ मा सामाजिक दूरी कायम राख्दै स्वास्थ्यको प्रोटोकललाई अपनाएर मोटरसाइकलसम्बन्धी सेवा–सुविधा प्रदानका लागि वर्कशप नियमित, निरन्तर र प्रभावकारी रूपले सञ्चालनमा आएको छ ।



प्रतिक्रिया दिनुहोस्