Logo

केपी ओलीले पार्टीमा असम्भव प्रस्ताव राखेको खतिवडाको आरोप, अरु के-के भने ? (भिडिओसहित)



काठमाडौं, ५ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने भनेर राखेको प्रस्ताव आफ्नो कुर्सी जोगाउन र सत्तासंघर्षमा शान्ति पाउनको लागि मात्रै गरिएको आरोप लगाएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । खवितडाले पार्टी संगठन ध्वस्त हुन लागेको, सरकार अलोकप्रिय हुन लाग्यो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बिग्रन लाग्यो भनेर केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर अरु नेताहरुले धेरै कुरा सोचेर प्रस्ताव राखेको भएपनि प्रधानमन्त्री ओलीले भने मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव किन राखेको ? हो त्यसको कुनै आधार नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्