Logo

भारततर्फ लैजाँदै गरेको केराउ बरामद



रुपन्देही, ५ साउन । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको केराउ प्रहरीले बरामद गरेको छ । रोहिणी गाउँपालिका पिप्रहवाबाट अवैध रुपमा भारतर्फ लैजाँदै गरेको करिब २ लाख १० हजार रुपैयाँ मूल्य बराबरको ६० बोरा केराउ आइतबार राति बरामद गरेको हो ।

प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले लु.१ ज ४४४६ नम्बरको जिपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्