Logo

लोड गरेको अवैध काठसहित २ जना पक्राउ



मोरङ, ५ साउन । अवैध काठसहित २ जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका राम चोकबाट अवैध काठको गोलिया लोड गरी विराटनगरतर्फ लैजाँदै गरेको को.२ त ३२४८ नम्बरको ट्रयाक्टरसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक रंगेलीका मेघनाथ मण्ड र सहचालक विराटनगर रामपुरका ओम प्रकाश कुमार यादव रहेका छन् । अवैध काठको गोलिया चोरी गरी उक्त ट्रयाक्टरमा विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि काठसहित डिभिजन वन कार्यालय मोरङमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्