Logo

उपमेयरको गाडीमा आगजनी, मन्त्रालय जाने बाटोमा बम



कैलाली, साउन ६ । जिल्लाको घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समूहले सोमबार राती आगजनी गरिएको छ। आगलागीबाट नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियोमा पूर्णरुपमा क्षति पुगेको प्रहरीले बताएको छ ।

घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको अबस्थामा आगजनी गरिएको खुल्न आएको छ । आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही खुलेको छैन्।

आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम अन्र्तगत आज सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्