Logo

अक्सफोर्डद्वारा निर्मित कोरोनाविरुद्धको खोपको नतिजा साकारात्मक



एजेन्सी, ६ साउन । अक्सफोर्ड विश्वविद्यालयद्वारा निर्मित कोरोना खोपको परिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । खोप प्रभावकारी र सुरक्षीत देखिएको परिक्षणले देखाएको छ । परिक्षण सफलतापूर्वक बढेतापनि खोपले कोराना भाइरसविरुद्व मानिसलाई सही ढंगले लड्न मद्दत पुर्याउने विषयमा अनुसन्धान आवश्यक रहेको ‘दि ल्यासेट’मा प्रकाशित मेडिकल जर्नलमा भनिएको छ ।

यसैगरी, चिनियाँ कम्पनीद्वारा निर्मित खोपको अनुसन्धालाई समेत गहिरिएर हेर्नुपर्ने आवश्यकता औल्याइएको छ । अक्सफोर्डद्वारा निर्मित खोपले २८ दिन भित्र आफ्नो प्रतिक्रिया देखाउन सफल भएको छ । यसले शरीरमा फैलिएको संक्रमणलाई न्युट्रलाइज गर्न सक्षम रहेको जनाइएको छ । खोपले दूई प्रकारले शरीर भित्र संक्रमण रहेको पत्ता लगाउने गर्दछ ।

एन्टीबडी र टि सेल रेस्पन्सको मद्दतले शरीरमा संक्रमण र उक्त संक्रमणलाई मार्ने काम गर्न उचित रहेको जनाइएको छ । खोप शरीर भित्रको भाइरसलाई मार्न सफल भएपनि शरीर भित्र लुकेको निष्क्रिय भाइरसलाई मार्न सक्षम छ की छैन् र भाइरसविरुद्व कति लामो समय सम्म खोप लड्न सक्ने विषयलाई गहिराईकासाथ अध्ययन गर्नुपर्ने जनाइएको छ । खोपले अत्यधिक जोखिममा रहेको वृद्व मानिसमा कसरी असर गर्ने र कसरी सुरक्षित राख्ने विषमा समेत अनुसन्धान आवश्यक रहेको बुझिएको छ ।

कोराना संक्रमण नदेखिएको १७ सय भन्दा बढी मानिसमा खोपको परिक्षण गर्दा साइड इफेक्ट् भने टाउको दुखाई र थकान देखा परेको थियो भने अन्यमा इन्जेक्सनको दुखाई र उच्च तापमान देखापरेको थियो । खोप प्रयोगमा आउन विभिन्न प्रक्रियामार्फत जानु पर्ने र प्रयोगमा आउन केही समय अझ लाग्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्