Logo

उत्तर कोरिया कोरोनाविरुद्ध खोप उत्पादनको दौडमा



एजेन्सी, ६ साउन । उत्तर कोरिया सँसारकै पुग्न कठिन देशमध्येको हो । कम्युनिस्ट शासन रहेको उत्तर कोरिया रहस्यले भरिएको देश पनि हो । उसका बारे धेरै कममात्र जानकारी हुन्छ । उत्तर कोरिया अझै कोरोना भाइरसको संक्रमण पत्ता नलागेको देशको सुचीमा पर्छ । तर, उत्तर कोरिया खोप निर्माण गर्ने दौडमा देखिएको छ ।

उत्तर कोरियाले खोपको विकासमा सक्रियता देखाउन थालेको छ । त्यहाँको विज्ञान तथा प्रविधि आयोगका अनुसार उत्तर कोरियाद्वारा निर्मित कोरोना खोपको परिक्षण भइरहेको छ । तर, मानवीय परिक्षणका लागी विवाद भने भइरहेको जनाइएको छ । फैलिएको महामारीको खोप निर्माण गर्न विश्वलाई चुनौती परेकोे र अत्यधिक मात्रामा आर्थिक लगानी भइरहेको बखत उत्तर कोरिया पनि सक्रिय भएको जनाइएको छ ।

उत्तर कोरियाको स्वास्थ्य प्रणाली राम्रो नभएको र कोरोना संक्रमण नदेखिएको दाबी भइरहँदा खोप निर्माण गर्न ठूलो रकम खर्च गर्ने याजेनाले नयाँ प्रश्नहरु खडा गरेको छ । आफ्नो नागरिकको सुरक्षा र विश्वव्यापी रुपमा फैलिएको कोरोनाको त्रासलाई न्युनीकरण गर्न उत्तर कोरियाली नेता किम जोङले उक्त कदम चालेको जनाइएको छ ।

साँढे दुई करोड जनसंख्या रहेको उत्तर कोरियामा ९२२ जनाकको कोरोना परिक्षण गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उत्तर कोरियामा कुनै संक्रमण पुष्टि नभएको डब्लूएचओले जनाएको थियो । उत्तर कोरियाली शासन प्रणालीका कारण संक्रमण फैलिए सरकारले तुरुन्तै लकडाउन गर्न सक्ने छ । यसकारण महामारी समेत नियन्त्रण गर्न सक्ने विश्वास रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलसम्म विश्वभर कोरोना खोपको दौडमा १४० खोप अग्रसर रहेको छ । त्यसमध्ये २३ वटा मानवीय परिक्षणका लागी मान्यता पाइसकेको छ । कोरोनाविरुद्वको खोप निर्माण गर्न कम्पनीले उत्तर कोरियाको बजेट भन्दा पनि अत्यधिक लगानी लगाएको देखिन्छ । त्यस कारण कोरोनाविरुद्वको खोपमा उत्तर कोरियाले देखाएको अग्रसरता कुनै भाव नराखेको जनाइएको छ । यसलाई प्रोपोगान्डाको रुपमा कतिपयले आँकलन गरिरहेको छ । उत्तरकोरिया प्रविधि र प्राकृतिक स्रोतहरुमा अग्रसर रहेको कारण खोप निर्माण गर्न अग्रसर भएको हो । आणवीक परिक्षण गर्ने आँठ देश मध्ये उत्तरकोरिया समेत रहेको छ । कोरोना खोप निर्माण गर्न निकै गाह्रो रहेपनि सम्बन्धित निकाय यसप्रति अग्रसर रहेको उत्तर कोरियाली सञ्चार माध्यमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्