Logo

होटलमा लगेर बलात्कार गर्ने पक्राउ



ओखलढुंगा, ६ साउन । जबरजस्ती करणी गरेको अभियोगमा चुने भन्ने राम शाह पक्राउ परेका छन् ।  मानेभन्ज्याङ हर्कपुरका बस्दै आएका सिरहा लाहान घर भएका शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मानेभन्ज्याङ स्थीत सन्जु होटलको कोठामा शाहले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्