Logo

उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए



काठमाडौँ ६ साउन : आज (मंगलबार) काठमाडौंका आठ जना र ललितपुरका एक जनासहित एक सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना परास्त गर्ने व्यक्तिको संख्या ६०९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म देशभरमा कोरोना परास्त गर्नेको कुल संख्या १२ हजार ४७७ पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्