Logo

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ



भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुरका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर घर भई सूर्यबिनायक बस्दै आएका प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेका हो ।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाएको उक्त परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्