Logo

शिव–पार्वतीको दाम्पत्य जीवन किन भयो सुखद



आदर्श दाम्पत्यका रुपमा भगवान शंकर र भगवान रामलाई उदाहरणको रुपमा प्रस्तुत गरिन्छ । भगवान शिव र पार्वतीबीचको सम्पुर्ण जीवनले मानव समााजलाई प्रेरणा दिन्छ । त्यसैले दाम्पत्य जीवन त शिव र पार्वतीको जस्तो होस् भनिन्छ । दाम्पत्य जीवनमा खुशी हुने तरीकाको बारेमा चर्चा गरौ ।

एक अर्काबीच प्रेमः राजा दक्ष प्रजापतिको छोरी सतीले कैलाशमा बस्ने बैरागी शिवलाई प्रेम गरिन् । दक्षको मन्जुर बिना बिबाह गरिन् । आफ्नो पिताले पतिको अपमान गरेको सहन नसकेर यज्ञमा नै आफुलाई भस्म गरीन् । आफ्नी पत्नी भस्म भएपछि शिवले वीरभद्रको रुपमा राजा दक्षको विध्वसं मच्चाए र विरभद्रले दक्षको टाउको काटेर शिवको अगाडी राखिदिए । शिव क्रोधमा आई आफ्नी पत्नीको शव बोकेर विश्व घुमे । जहाँ जहाँ दक्षाका अंग वा गहना झरे ती स्थान शक्तिपिठ स्थापित भए । यसपछि शिव अनन्तकालको ालगि समाधस्मा लिन भए ।

विधिवत विवाहः शिव र पार्वतीले दुवैले एक अर्कालाई माया गरे पनि गन्धर्व विवाह गरेनन् । उनीहरुले समाजमा प्रचलित वैदिन रीतिरिवाजबाटै विवाह गरका थिए ।

प्रत्येक जन्ममा साथः माता सतीले दोस्रो जन्ममा हिमवान पार्वतीको रुपमा जन्म लिइन् र पुःन शिवलाई पाउन घोर तपस्या र व्रत गरीन् । उक्त क्रममा तारकासुर राक्षसको आंतक थियो ताराकासुरको हत्या केवल शिवको छोराले मात्र गर्ने वरदान पाएका थिए । देवताहरुले शिव तपस्यामा हुँदा कामदेवलार्ए तपस्या भंग गर्न लगाएर शिव र पार्वतीको विवाह गरीदिए ।

एक पत्नी व्रतः भगवान शिव र पार्वतीले एक अर्का बाहेक अन्य कसैलाई जीवनसाथी बनाएनन् ।

आदर्श गृहस्थ जीवनः सांसरिक दृष्टिले शिव–पार्वती वा शिव परिवार गृहस्थ जीवनको आदर्श हुन् । पती पत्नीको सम्बन्धमा पे्रम, सर्मपण र घनिष्ठताको सवातर््ेकृष्ट उदाहरण प्रस्तुत गरेर उनीहरुले आफ्नो सन्तानलार्य पनि आदर्श बनाए ।

पत्नीलाई दिए ब्रह्मज्ञानः शिवले ब्रह्मा ज्ञान प्राप्त गरेका थिए । आफुले प्राप्त गरेको ब्रह्मज्ञान अमरनाथ गुफामा पार्वतीलाई दिएका थिए ताकी पार्वती जन्म मरणको चक्रबाट छुटकारा पाएर सधैको लागि उनको अर्धागिनी बनिरहुन् ।

एक अर्काप्रति सम्मानः वैवाहिक जीवनमा आपसी सामजस्या, प्रेमको साथै एक अर्काप्रति सम्मान हुनु जरुरी हुन्छ, यदि त्यो नभएमा गृहस्थ जीवनमा झगडा हुन्छ । शिवको मनमा पार्वतीको र पार्वतीको मनमा शिवप्रति निकै सम्मान आदार थियो ।

योगी बने गृहस्थीः शिव पहिले देखि नै योगी र बैरागी थिए । पार्वतीसँग विवाह गरेपछि योगी गृहस्थ बनेर राम्रो उदाहरण दिए । अन्य मानिसहरु घर त्यागेर योगी हुन्छन् तर शिव भने घरपरिवारको साथमा योगी गृहस्थ भए ।

त्यागको प्रतिमुर्तिः शिव र पार्वतीको जस्तो एक अर्काप्रति निष्ठावान र त्यागी जीवन सीता र रामले पनि अपनाएका थिए ।

सधै साथमा बस्ने र कुराकानी गरीरहनुः पुराणको अनुसार एक महिलालाई पिता, भाई, पति, छोरा र छोरीसंग घरमा रात कटाउनु राम्रो हुन्छ र एक अर्कामा सँगै बस्दा माया ममता बढ्ने रेखदेख हुने र नजिकबाट बुझ्न सजिलो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्