Logo

विद्यालय भर्ना गर्न दिने सरकारको निर्णय, निजी विद्यालयले भर्ना शुल्क लिन पाउने



काठमाडौं, ६ साउन । अब निजी विद्यालयले भर्ना शुल्क उठाउन लिन पाउने भएका छन् । सरकारले विद्यालय भर्ना गर्न दिने निर्णय गरेसँगै शुल्क लिन पाउने भएको हो ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भदै १ बाट जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अगाडि बढाउन दिने जानकारी गराए ।

शुल्क लिन नपाएपछि निजी शैक्षिक संघसंस्थाले १ साउनबाट अनलाइन पठनपाठन बन्द गरेका छन् । उनीहरुले शुल्क लिन नपाए शैक्षिक गतिविधि अगाडि बढाउन नसकिने जनाउँदै बन्द गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्