Logo

नारायणगढ मुग्लिन सडक एकतर्फी सुचारु



भरतपुर, ७ साउन । सडमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो पन्छाए पछि राजमार्ग खुला गरिएको हो ।

सडकको पहिरो पन्छाउन तीन वटा लोडर परिचालन गरिएको ट्राफिक प्रहरी सुर्दशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ नारायणगढ मुग्लिन सडकमै सवारी साधन व्यवस्थापनमा जुट्नु भएको थियो ।

“पहिलो चरणमा अहिले ‘वान–वे’ सडक खोलेका छौ विस्तारै दुवै तर्फ खोल्ने छौ”, श्रेष्ठले भन्नुभयो । दुवै तर्फ सडक खोल्न भने भोलिसम्म समय लाग्ने बताइएको छ । नारायणगढ मुग्लिन सडककै नारायणगढ मुग्लिन सडकको चार किलो र चोर खोलामा झरेको पहिरो मंगलबार सफा गरेर एकोहोरो सवारी साधन चलाइएको हो ।

यही राजमार्गको १७ किलोमा ५ मिटर सडक त्रिशुलीमा भासिए पनि यो क्षेत्रमा बाँकी चार मिटर रहेकाले अहिले नै एकोहोरोे सडक सञ्चालन भैरहेको छ । तराईका जिल्लाबाट काठमाडौं जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडक सोमबारबाट बन्द हुँदा हजारांै सावारी साधन बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग खुला भएसँगै सवारी साधनहरु गन्तव्यतर्फ गएका समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्