Logo

देशैभर बाढीपहिरो धेरै धनजनको क्षति



काठमाडौं, ७ साउन । तीन दिनदेखि शुरु भएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको छ । वर्षा शुरु भएसँगै बाढीपहिरोबाट धनजनको क्षति बढ्दै गएकोलाई ध्यानमा राखेर गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्यतः सूचना प्रवाह, उद्धार र राहतमा केन्द्रित गरेको छ ।

प्राधिकरणले सूचना प्रवाहअन्तर्गत हरेक दिन देशभर भएका घटनाको सारांश, सडक अवरोध, प्रतिकार्य र बाढीको अनुमान गर्दै बुलेटिन प्रकाशन गर्न थालेको छ । कुन नदीमा बहाव कति बढ्यो, खतरा लेभल पार ग¥यो कि गरेन, कति वर्षा भयो भन्ने सूचना मौसम पूर्वानुमान महाशाखाले तल्लो तहसम्म सूचना प्रवाह गर्दै आएको छ । त्यसले गर्दा समयमै मान्छे ज्यान तथा धनसम्पत्ति जोगाउन सक्ने भएकाले मन्त्रालयले सूचना प्रवाहलाई प्राथमिकता दिएको बताइएको छ ।

सूचना प्रवाहलाई सरकारले पूर्वतयारीको एउटा पाटोका रुपमा लिएको बताउँदै गृह मन्त्रालयमा विपद् व्यवस्थापन हेर्ने सहसचिव इन्दु घिमिरेले भन्नुभयो– ‘सूचनाका आधारमा जोखिम क्षेत्रमा खोज तथा उद्धारका सामग्रीसहित सुरक्षाकर्मी परिचालन गर्दै आएका छौं ।’

प्राकृतिक प्रकोप तथा विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि तालिम प्राप्त सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी ठाउँठाउँमा परिचालन गरेको जानकारी दिँदै सहसचिव घिमिरले भन्नुभयो– ‘तटीय क्षेत्र तथा जोखिम क्षेत्रमा सुरक्षाकर्मी स्थानीय प्रविधि प्रयोग गर्ने हिसाबले सतर्क अवस्थामा राखेका छौं ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्