Logo

बाढीले भक्तपुर जलमग्न



भक्तपुर, ७ साउन । हनुमन्ते नदी र अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा भक्तपुरको वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् ।

घरमा हनुमन्ते पस्दा भुइँतलामा सामानहरु डुबाएका छन् । बाढी बस्तीमा पस्दा बराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिनुभयो ।

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धि स्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिर, सँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल र यहाँका केही घरहरु डुबानमा परेका छन् ।

डा। इवामुरा मेमोरियल अस्पताल पनि डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पु¥याएको जानकारी दिनुभयो । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्