Logo

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख १९ हजार नाघ्यो



काठमाडौं, साउन ७ । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १९ हजार चार सय १० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ५० लाख ९१ हजार आठ सय ८० जना कोरोना संक्रमित फेला परेका छन। संक्रमित मध्ये हालसम्म ९१ लाख १० हजार दुई सय आठ जना कोरोना मुक्त भएका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ४४ नौ सय ५३ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८१ हजार पाँच सय ९७, भारतमा २८ हजार सात सय ७०, रसियामा १२ हजार पाँच सय ८० तथा दक्षिण अफ्रिकामा पाच हजार तीन सय ६८ र पेरुमा १३ हजार पाँच सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्