Logo

रहेनन् कम्युनिष्ट नेता बरमन बुढा



काठमाडौं, साउन ७ । विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार गराईरहेका कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका बुढाको राजधानीस्थित पाटन अस्पताल ललितपुरमा निधन भएको हो ।

९० बर्षीय बुढाको आज विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको आजै पशुपतीस्थित आर्यघाटमा अन्तेष्टि गरिनेसमेत जनाइएको छ ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट नौजना सांसदमा विजयी भएका बुढा रोल्पा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए।

अस्पतालमै रहेका बुढालाई भेट्न तत्कालिन सभामुख कृष्णबहादुर महरा अस्पताल नै पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्