Logo

पूर्व सांसद बर्मन बुढाको निधन



काठमाडौं, ७ साउन । पूर्व सांसद बर्मन बुढाको निधन भएको छ । उनको आज उपचारका क्रममा ललितपुरमा निधन भएको हो ।

२०४८ सालको आमनिर्वाचनमा रोल्पाबाट निर्वाचित बुढाको स्वास्थ्यमा समस्या रहँदै आएको थियो । उपचारका क्रममा उनको ९० वर्षको उमेरमा निधन भएको हो ।

बुढा तत्कालिन जनमोर्चा नेपालबाट सांसद निर्वाचित भएका थिए । जनमोर्चाले माओवादीको नामबाट जनयुद्ध शुरु गरेपछि बुढा निस्कृत जस्तै रहेका थिए ।-Photo: Twitter Page of Janardhan Sharma



प्रतिक्रिया दिनुहोस्