Logo

कुहिएको चामल खरिदमा संलग्न कर्मचारीलाई उपमहानगरपालिकाले दियो पुरस्कार!



कैलाली, साउन ७ । कुहिएको चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई धनगढी उप–महानगरपालिकाले पुरस्कृत गरेको छ। गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै खरिद प्रक्रियामा संलग्न भएर विवादमा आएका प्रमुख प्रशासकिय अधिृकत नारायणप्रसाद सापकोटा सहितका कर्मचारीलाई पुरस्कृत गरेको हो।

यस्तै उप–महानगरपालिका प्रशासन प्रमुख नारायणप्रसाद शर्मा र वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझालाई समेत पुरस्कृत गरेको छ। उनीहरुलाई वर्षभरी उत्कृष्ठ काम गरेवापत एक महिनाको तलब बराबर हुन आउने प्रोत्साहन भत्ता दिदै पुरस्कृत गरिएको उप–महानगरपालिकाले जनाएको छ।

उनीहरु तीनै जना लकडाउनबाट प्रभावित भएकाहरुलाई वितरण गर्न दिईएको राहत सामाग्री खरिद प्रक्रियामा संलग्न भएका थिए। राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएपछि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा ठेक्का दिईएको आरोप लागेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामै मिलोमतोको आशंकामा उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्