Logo

अमेरिकामा ७.८ म्याग्निच्युडको भुकम्प, सुनामीको खतरा



एजेन्सी, ७ साउन । अमेरिकाको अलास्कामा ७.८ म्याग्निच्युडको भुकम्प गएको छ । स्थानीय समय अनुसार बुधबार विहान अलास्काको समुन्द्री किनार केन्द्र भएर भुकम्प गएको हो ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार अलास्काको भेरिभिल्ली क्षेत्रमा केन्द्रबिन्दु भएर गएको भुकम्प मापन गरिएको हो । भुकम्प १० किलोमिटर गहिराईमा गएको छ ।

भुकम्पबाट ठुलो भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाटो र भवनहरु भत्किएका छन् ।

भुकम्प गएपछि सुनामीको खतरा औल्याइएको छ । अलास्काको समुन्द्री किनारमा सुनामी जानसक्ने उल्लेख छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्