Logo

राजेश हमालका भाई राकेश हमालको निधन



काठमाडौ, ७ साउन । महानायक राजेश हमालका एक मात्र भाई राकेश हमालको निधन भएको छ । राकेशको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

कलेजेको समस्याका कारण केही दिन अगाडी उनलाई उपचारका लागि दिल्ली पुर्याएको थियो । राजेश हमालका ३ दिदी बहिनी छन् भने एकमात्र भाई राकेश थिए । महानायक राजेश हमाल र भाई राकेश हमाल लैनचौरस्थित एउटै घरमा बस्दै आएका थिए । उनी सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका थिए । यसैगरी, राकेशको शव दिल्लीबाट नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्