Logo

आज काठमाडौंमा तीन जना संक्रमित थपिए, दुई जनाको मृत्यु



काठमाडौँ ७ साउन। लकडाउन अन्त्य भएसंगै आज (बुधबार) काठमाडौंमा तीन जनासहित एक सय जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै नेपालमा कुल संक्रमित संख्या १८ हजार ९४ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या पाँच हजार ३७० रहेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना परास्त गर्नेको संख्या २०७ रहेको छ भने हालसम्म कोरोना परास्त गर्ने कुल संख्या १२ हजार ६८४ रहेको छ।

त्यस्तै, आज थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४२ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्