Logo

तुलसीका फाइदा



हिन्दु धर्ममा तुलसीको पुजा गरीन्छ । यसलाई सुख र कल्याणको प्रतिक मानिन्छ । । तुलसीको रुखका हरेक भागले हाम्रो स्वास्थ्यको समस्यालाई ठिक गर्छ ।

  • थोरैमा कम्तीमा १० देखि १२ वटा पातलाई चिया बनाएर खाँदा खोकी, चिसो र ज्वरो ठिक हुन्छ ।
  • श्वासप्रस्वासका रोगीलाई तुलसीको पातमा कालो नुनसँग सुपारी झै मुखमा राख्दा आराम मिल्छ ।
  • तुलसीको पातमा नुन मिसाएर खादा गलामा भएको समस्या पनि ठिक हुन्छ ।
  • तुलसीको पात चबाएर खाँदा खोकी ठिक हुन्छ ।
  • तुलसीको पत्तामा फिटकीरी मिसाएर लगाउँदा छिटो घाउ निको हुन्छ । तुलसीमा एन्टी ब्याक्टेरियल तत्व हुने भएकोले घाउ पाक्न दिदैन ।
  • धेरै महिलाहरुको महिनावारीमा हुने अनियमितताको उपचार पनि गर्छ ।


प्रतिक्रिया दिनुहोस्